Comments Add Comment

जर्मन पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपालको पावर कति ?

 

nepali-passport-2

२० पुस, काठमाडौं । नेपाली पासपोर्टको पावर कति होला ? बहुराष्ट्रिय वित्तिय सल्लाहकार कम्पनी आर्टोन क्यापिटले सार्वजनिक गरेको ‘ग्लोबल पासपोर्ट पावर र्‍यांकिङ’ले नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कम शक्तिशालीमा परेको छ ।

यो र्‍यांकिङमा कुनै पनि पासपोर्ट बाहकले विना भिसा वा अनअराइभल भिसा कति देश घुम्न पाउँछन् आधारमा पासपोर्टको शक्ति मापन गरिएको छ ।

हालै सार्वजनिक यो र्‍यांकिङमा नेपालको पासपोर्ट १९९ मध्ये ८७ औं स्थानमा परेको छ । नेपाली पासपोर्टबाहक विना भिसा वा अनअराइभल भिसामा ४० देश जान सक्छन् । जसमध्ये ११ देशमा नेपाली पासपोर्टबाहकलाई भिसा लाग्दैन भने बाँकीका हकमा अनअराइभल भिसा दिइनेछ ।

दक्षिण एसियाली देशहरुमा सबैभन्दा माथि माल्दिभ्स छ । माल्दिभ्स ५५ औं नम्बरमा छ र यो पासपोर्ट बाहक ७४ देशमा विना भिसा जान सक्छन् । भुटान र भारत समान ७८ औं स्थानमा छन् । नेपालको पासपोर्ट ८७ औं स्थानमा छ ।

श्रीलंकाको पासपोर्ट ८८ औं स्थानमा छ भने पाकिस्तान ९४ र अफगानिस्तान ९५ औं स्थानमा परेका छन् । र, दुबै देश समग्र ‘ग्लोबल पासपोर्ट पावर र्‍यांकिङ’ कै पुछारमा छन् ।

यो अध्ययन अनुसार सबैभन्दा शक्तिशाली पासपोेर्ट भने जर्मनीको छ । जर्मन पासपार्ट बाहक १५८ देशमा विना भिसा जानसक्छन् । स्वेडन दोस्रो र फिनल्याण्ड तेस्रो नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment