+
+

धारा २७४ खारेज गरेर भएपनि सीमांकन हेरफेर गरौंः संघीय गठवन्धन

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २० गते १७:२४

upendra-yadav-and-mahantha-thakur-madhesi-morcha

२० पुस, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधानको धारा २७४ खारेज गरेर भएपनि प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने माग गरेको छ । साथै उसले संविधान संशोधनबारे सर्वोच्चको आदेशलाई सकारात्मक भनेको छ ।

गठवन्धनको बुधबार बसेको बैठकमा संविधान संशोधनबारे सर्वोच्चको आदेशबारे छलफल भएको थियो । बैठकले सर्वोच्चको आदेश सकारात्मक भनेको छ । साथै सीमांकन हेरफेरका लागि प्रदेशको सहमति लिनु पर्ने संविधानको धारा २७४ खारेज गरेर भएपनि संविधान संशोधन गर्नु पर्नेमा जोड दिएको छ ।

गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संविधानको कुनै पनि धारालाई संशोधन, खारेज वा परिवर्तन गर्न सक्छ यो अधिकार विधायिकामा छ । र, आवश्यक सम्झियो भने त्यो २७४ लाई पनि खारेज गर्न सक्छ ।’

सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने भन्दै यादवले भने, त्यसका लागि (प्रदेश बनाउन) ढोका बन्द गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?