Comments Add Comment

ब्रिसबेनमा बाणिज्यदूतको नियुक्ति छिटै हुन्छः सभापति साह

15909581_10209697846896333_1947802288_n-1४ जनवरी, ब्रिसबेन । अष्ट्रेलिया भ्रमणमा रहनुभएका संसदको अन्तराष्ट्रिय समन्ध तथा श्रम समितिका सभापति प्रभु साह र सांसद नरेन्द्र साह कलवारसँग ब्रिसबेनमा अन्तरक्रिया भएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य समितिको आयोजनामा बुधबार अपरान्ह भएको कार्यक्रममा उपस्थीत नेपालीहरुले क्विन्सल्याण्डमा तत्काल अबैतनिक वाणिज्यदूत नियुक्त गर्न आग्रह गरेका थिए ।

कार्यक्रमका अधिकांश बक्ताहरुले क्यानबेरास्थित नेपाली राजदूतावासको आलोचना गरे । दूतावासको टेलिफोन नउठ्ने, दूतावासमा नेपाली भाषा बुझ्ने मानिस नभएको, सानो-सानो कामका लागि पनि क्यानबेरा आउन भनिएको उनीहरुको गुनासो थियो । नेपालमा बनाएर ल्याइएका पासपोर्टहरुमा गल्ती हुने गरेको र सच्चाउनु पर्दा झण्झट र समस्या हुने गरेको उनीहरुको दुखेसो थियो ।

साना तिना काम गर्न क्यानबेरा नै पुग्न सम्भव नभएको हुँदा क्विन्सल्याण्डमा वाणिज्यदूत नियुक्त गर्नुपर्ने उनीहरुको माग थियो । अष्ट्रेलियामा नेपालीहरुको बसाइका हिसावले क्विन्सल्याण्ड तेस्रो नम्बरमा पर्ने र अझै नेपालीहरुको संख्या बढिरहेको हुँदा बाणिज्यदूतको जरुरी रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति साहले क्विन्सल्याण्डमा बाणिज्यदूतको आवश्यकताबारे आफुलाई गहिरोसँग महसुस भएको भन्दै नेपाल फर्किएपछि कन्सुलर नियुक्तिका लागि सरकारलाई सुझाव दिने बताउनुभयो । यहाँको आबश्यकताबोध गर्दै सरकारले तत्कालै कन्सुलर नियुक्त गर्ने आफ्नो बिश्वास रहेको उहाँले बताउनुभयो ।

एनआरएन क्विन्सल्याण्डका संयोजक अभिमानसिंह बस्न्यातको अध्यक्षतामा भएको कार्यक्रममा क्विन्सल्याण्डका नेपाली समाजका अगुवाहरुको उपस्थिति थियो ।

अष्ट्रेलियाका नेपाली नियोगको निरिक्षणका क्रममा हाल यहाँको भ्रमणमा रहनुभएका साह बिहीबार साँझ मेलवर्न पुग्ने कार्यक्रम रहेको छ ।

मेलवर्नस्थित अवैतनिक महाबाणिज्यदूतको कार्यालयले सभापति साहसँग शनिवार १ बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment