Comments Add Comment

अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं । अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् ।

प्रवक्ता शर्माले कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई पनि तत्काल थप सूचना लिएर आवश्यक समन्वय गर्न निर्देशन दिइसकेको बताएका छन् ।

अष्ट्रेलियाको एक शैक्षिक प्रतिष्ठानले अबैधरुपमा विद्यार्थी भर्ना लिएपछि नर्सिङ पढ्न गएका नेपाली विद्यार्थी बिचल्लीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment