+
+
Shares

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवराज गुरुङलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको एसएसपी रमेश थापाले जानकारी दिए ।
  • गुरुङलाई २०८० साल असारमा क्लब ओम्नियाका सञ्चालक कुटपिट गरेको आरोपमा पक्राउ गरी हत्कडीसहित ठमेल बजार घुमाइएको थियो।
  • गुरुङ कुमार घैंटे समूहका सदस्य थिए र २५ पुस २०७२ मा नुवाकोटबाट २८ बोर रिभल्बर र गोलीसहित पक्राउ परेका थिए।

२२ चैत, काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए ।

पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।

कुमार घैंटे समूहका सदस्य

प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

उनलाई हत्कडीसहित ठमेल घुमाउने बेला काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की थिए । अहिले उनी नेपाल प्रहरीको महानिरीक्षक छन् । प्रहरी अधिकारीहरुका अनुसार २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

२०८२ साउनमा उनी ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि पक्राउ परेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?