+
+
Shares

रातभर प्रहरीको सर्च अप्रेशन : काठमाडौंबाटै पक्राउ परे १९५ जना

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा प्रहरीले गुण्डागर्दी, ठगी र बिचौलियामा संलग्न १९५ जनालाई रातभर सर्च अप्रेशनमा पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्।
  • पक्राउ परेका व्यक्तिहरूविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२१ चैत, काठमाडौं । काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको छ ।

गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए ।

‘ठमेल, विमानस्थल लगायतका क्षेत्रामा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायतका १९५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी थापाले भने ।

उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?