+

आर्सनल एफए कपको क्‍वाटरफाइनलबाट बाहिरियो

२०८२ चैत  २२ गते ७:५२ २०८२ चैत २२ गते ७:५२
आर्सनल एफए कपको क्‍वाटरफाइनलबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउथह्याम्पटनसँग आर्सनल २-१ ले पराजित हुँदै एफए कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
  • साउथह्याम्पटनका रोस स्टेवार्ट र शी चार्ल्सले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।
  • चेल्सीले पोर्ट भालेमाथि ७-० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

२२ चैत, काठमाडौं । आर्सनल एफए कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई गएराति साउथह्‍याम्पटनले २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

साउथह्याम्पटनले ३५औं मिनेटमा रोस स्टेवार्टको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा आर्सनलले बलमा नियन्त्रण राखे पनि स्पष्ट अवसर बनाउन सकेन ।

दोस्रो हाफमा आर्सनलले बराबरी गोल फर्कायो । ६८औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै खेल १-१ को अवस्थामा ल्याएका थिए ।

खेलको अन्त्यतिर साउथह्याम्पटनका सब्सचिट्युट खेलाडी शी चार्ल्सले निर्णायक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाए।

यस जितसँगै साउथह्याम्पटन २०२१ पछि पहिलो पटक एफए कप सेमिफाइनलमा पुगेको छ।

गएराति नै भएको अर्को सेमिफाइनलमा चेल्सीले पोर्ट भालेमाथि ७-० को फराकिलो जित निकाल्दै सेमिफाइनलमा पुगेको छ ।

आर्सनल एफए कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय