Comments Add Comment

क्यान्वेरामा हुर्किएकी आयुष्काको नेपाली गीत सार्वजनिक

क्यान्बेरा । गायक अल्मोडा उप्रेतीसँग गाएको ‘जुन त लग्यो ताराले’ बोलको रि मिक्स गीतमार्फत गायन सुरु गरेकी आयुष्का खनिया देश प्रेम गीत लिएर आएकी छिन् ।

भौगोलिक दूरीले टाढा भए पनि मातृभूमि प्रतिको माया कहिले नमेटिने भन्ने भाव बोकेको गीत ‘देशभित्र रहे नि विदेश गए नि, नेपाल त साथै छ जहाँ गए निु’ युटुब च्यानल मार्फत गत हप्ता सार्वजनिक गरिएको छ ।’

वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द रचना अनि सुरेश गैरेको संगीत रहेको उक्त गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने गीतको
म्युजिक भिडियोको निर्देशन सन्तोष पौडेलले गरेका हुन् ।

आयुष्का बाबुआमासँगै विगत एक दशकदेखि अष्ट्रेलियामा स्थायी बसोबास गरिरहेकी भए पनि नेपाली गीत–संगीतप्रति निकै झुकाव राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment