+
+

बालाजुमा करेन्ट लागेर ब्रोड लिंकको कर्मचारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते ११:०८

२१ पुस, काठमाडौं । बालाजुको माछापोखरीमा करेन्ट लागेर ब्रोड लिंकका एक कर्मचारीको मृत्यु भएको छ । काभ्रे ठूलोपर्सेल गाविस-३ का करिब ३० वर्षीय समीर मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो ।

samir-moktan-death
समीर मोक्तान

उनी इन्टरनेट सेवा प्रदायक कम्पनि ब्रोड लिंकका कर्मचारी हुन् । बुधबार साँझ करिब सात बजेतिर फाइबर तार बिस्तार गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

‘नेपाल विद्युत प्राधिकरणको बिजुलीको पोलमा करेन्ट लिक भएको रहेछ,’ मोक्तानका साथी नारायण थपलियाले अनलाइनखबरसँग भने, ‘फाइबर तार जोड्ने क्रममा करेन्ट लागेर समीरको डेथ भयो ।’

मोक्तानको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

सडक किनारमा गाडिएका बिजुली र टेलिफोनका पोलहरुलाई इन्टरनेट र केबुल टेलिभिजन कम्पनिहरुले पनि प्रयोग गर्दै आएका छन् । त्यसबाफत् उनीहरुले निश्चित शुल्क तिर्दछन् ।

तर, ति अव्यवस्थित हुँदा करेन्ट सर्ट हुने गरेको छ । केही महिना अघि करेन्ट सर्ट भएर अनामनगर क्षेत्रका पोलहरुमा तारहरुको गुजुल्टोमा आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?