Comments Add Comment

‘रइस’को ‘जालिमा’ गीतमा माहिरासँग रोमान्टिक साहरुख

srk-and-mahira-in-zalima
बलिउड नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ पनि मानिन्छ । उनै साहरुखलाई निर्देशक राहुल ढोलाकियाले भिलेन अवतारमा चलचित्र ‘रइस’मा उतारेका छन् ।

यो चलचित्रको ट्रेलर र ‘लैला’ बोलको गीतले सर्वाधिक चर्चा पाइसकेको छ । पाकिस्तानी नायिका माहिरा खान र साहरुख खानको साथमा नवाजुद्दिन सिद्धिकी यो चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्र रिलिजको करिब २० दिन अगाडि ‘जालिमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा साहरुख र माहिरालाई रोमान्टिक अवतारमा देखाइएको छ ।

सार्वजनिक भएसँगै सामाजिक संजालमा खुबै चर्चा पाएको यो गीतमा अर्जित सिंह र हर्षदिप कौरको आवाज छ । जनवरी २५ बाट यो चलचित्र विश्वभर रिलिज हुँदैछ । चलचित्रमा साहरुख गुजराती डनको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment