+
+

बैंकले १ केजीभन्दा कमका सुन पनि ल्याउन पाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते १६:०२

gold 100 gram

२१ पुस, काठमाडौं । बैंकहरुले अब १ केजीभन्दा कम तौलका सुन पनि ल्याउन पाउने भएका छन् । राष्ट्र बैंकको विहीवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले बताए ।

बैंकहरुले अब १ सय र ५ सय ग्रामका सुन पनि ल्याउन पाउँने भएका हुन् । तर यसरी ल्याउने सुन भने ९९.९ प्रतिशत शुद्ध हुनै पर्ने व्यवस्था छ । व्यवसायीहरुले कम तौलका सुन समेत खरिद गर्न पाइने व्यवस्थाको माग गर्दै आएका थिए । बैंकहरु मार्फत् मात्रै देशमा सुन आयात हुने व्यवस्था रहेकोले व्यवसायीहरुको माग सम्बोधन हुनेगरी आयतको व्यवस्था लचिलो बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?