Comments Add Comment

चर्चित अभिनेता ओम पुरीको निधन

om-puri

मुम्बई । बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको छ । हृदयघातको कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको परिवारका सदस्यले बताएका छन् । पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए ।

सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका उनले ३०० बढी हिन्दी फिल्ममा काम गरेका छन् । र, हलिउड फिल्म पनि खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment