Comments Add Comment

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा खतिवडा निर्वाचित

suwash-devkota

२३ पुस, काठमाडाैं । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् ।

काठमाडाैंमा सम्पन्न संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले एक सय ४२ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए। उनका प्रतिद्वन्द्वी किशोरजंग थापाले एक सय ३२ मत ल्याए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला)मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस)मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई विजय भएका छन् । संघका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक छन् ।

त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । ।अधिवेशनको शुक्रबार सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका थिए।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment