Comments Add Comment

जाडो याममा दिनहुँ नुहाउँदा के हुन्छ ?

bathing-2धेरैलाई थाहा छ, शारीरिक स्वास्थ्यका लागि दिनहुँ नुहाउनु फाइदाजनक हो । तर थाहा नभएको कुरा, दिनहुँ नुहाउँदा छालामा नराम्रो असर पनि पर्न सक्छ । खासगरी जाडो याममा ।

अक्सर जाडो याममा नुहाउनका लागि तातो पानी प्रयोग गरिन्छ । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउँछ । साथै छालाको प्राकृतिक तेललाई पनि नोक्सान गर्छ । यदि दिनहुँ नुहाउने गरेको छ भने, ड्राइ सावुन एवं स्याम्पुको प्रयोग गर्नैपर्छ ।

हाम्रो छालाले एक राम्रो व्याक्टेरिया पैदा गर्छ, जसले रसायनिक उत्पादनले निकाल्ने टक्सिनवाट छालालाई वचाउँछ । यदि दिनहु नुहाउने हो भने उक्त व्याक्टेरिया नष्ट हुन्छ । छाला विशेषज्ञ भन्छन्, जाडोमा दुई/तीन दिनको फरकमा नुहाउँदा पुग्छ ।

विशेषज्ञहरुका अनुसार हाम्रो छाला सफा गर्नका लागि शरीरमा यस्तो प्रभावकारी तन्त्र हुन्छ, त्यसले स्वतः छाला सफा गरिरहेको हुन्छ । त्यसैले निस्त्रिmय वस्नेहरुले दिनहुँ नुहाउन आवश्यक छैन । यदि जिम गएर वा कुनै शारीरिक श्रम गरेर शरीरमा पसिना वगाउँने हो भने चाहि नुहउनै पर्छ ।

जाडोमा तातो पानीले नुहाउदा नङ टुक्रिने, चोइटिने हुन्छ । यसले पानी सोस्छ, फलस्वरुप प्राकृतिक तेल र चमक नष्ट हुन्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment