Comments Add Comment

‘लुट २’ निर्माताको टार्गेटमा ‘छक्का पन्जा’को १६ करोड

loot-2-crew
कुनै पनि चलचित्रको रेकर्ड अर्को चलचित्रले तोड्नु पर्छ । रेकर्ड बन्ने नै तोडिनका लागि हो । चलचित्र ‘कोहिनुर’को १० करोड व्यापारको रेकर्डलाई ‘छक्का पन्जा’ले तोड्यो । ‘लुट’ नामक चलचित्रले बनाएको रेकर्ड ‘कोहिनुर’ले तोडेको थियो ।

अब, निर्माता माधव वाग्लेको टार्गेटमा चलचित्र ‘छक्का पन्जा’ परेको छ । माधव सबैभन्दा बढी कमाउने चलचित्रको निर्माता बन्न चाहन्छन् । माधवले यो कुरा मुखै खोलेर भनेका पनि छन् । ‘लुट २’को ट्रेलर सार्वजनिक कार्यक्रममा माधवले आफू ‘छक्का पन्जा’को रेकर्ड आफ्नै चलचित्रले तोड्नु पर्छ भन्ने दौडमा रहेको बताए । उनले त यतिसम्म भनिदिए कि, ‘छक्का पन्जा’ले १६ करोड कमायो भने मेरो चलचित्र ‘लुट २’ले १७ करोड कमाउनु् पर्छ ।

माधवको भनाइले पनि के वुझिन्छ भने, अब निर्माताहरु चलचित्र क्षेत्रमा सबैभन्दा शक्तिशाली निर्माता बन्न चाहन्छन् । के ‘लुट २’ले ‘छक्का पन्जा’को रेकर्ड तोड्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment