Comments Add Comment

पाथिभरा श्रद्धाश्रमका लागि रकम जुटाउन पर्थमा गाला डिनर

११ लाख रुपैयाँ प्रदान गर्ने भैरव ढकालको घोषणा

८ जनवरी, पर्थ । मोरङको विराटनगरमा निर्माण भइरहेको पाथिभरा श्रद्धाश्रमका लागि आर्थिक सहयोग जुटाउन आइतबार साँझ पश्चिम अष्ट्रेलियाको पर्थमा विशेष रात्रीभोज (गाला डिनर) आयोजना गरिएको छ ।

pathivara-gala-dinnerगैरआवासीय नेपाली संघ पश्चिम अष्ट्रेलियाको आयोजनामा भएको यो कार्यक्रमबाट नेपाली २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको गैरआवासीय नेपाली संघ पश्चिम अष्ट्रेलियाका संयोजक राज थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।

हालसम्म पश्चिम अष्ट्रेलियाबाट यहाँका व्यवसायी तथा समाजसेवी भैरव ढकालले ११ लाख नेपाली रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै ढकालले भने, ‘पाथिभरा श्रद्धाश्रमको काम भूकम्प तथा मधेस आन्दोलनले प्रभावित भएकोमा अब छिट्टै पुरा हुने विश्वास छ ।’

नेपालका बृद्ध आमा बुवाहरुलाई सेवा र सुबिधा प्रदान गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको पहल र बिराटनगर उपमहानगरपालिकाको सहकार्यमा बिराटनगरमा ‘पाथिभरा जेष्ठ नागरिक श्रद्धाश्रम’ निर्माण हुन लागेको  हो । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले सन् २०१३-१५ देखि श्रद्धाश्रमका लागि  आर्थिक सहयोग जुटाउन जुटाउने अभियान सुरु गरेको थियो । त्यसका लागि अष्ट्रेलियाका बिभिन्न शहरहरुमा गाला डिनर आयोजना हुने गरेको छ ।

डेढ बिगाहा जग्गामा बन्न लागेको श्रद्धाश्रम बनाउन झन्डै २ करोड ६६ लाख खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment