Comments Add Comment

कुखुरा बजार व्यवस्थापन संघको अध्यक्षमा कृष्णहरि लोहनी

krishnahari-lohani
२५ पुस, चितवन । नेपाल कुखुरा बजार व्यवस्थापन संघको केन्द्रीय अध्यक्षमा कृष्णहरि लोहनी सर्वसहमत चयन भएका छन् ।

चितवनको भरतपुरमा सम्पन्न नेपाल कुखुरा बजार व्यवस्थापन संघको तेश्रो अधिवेशन तथा छैठौं साधारणसभाले लोहनीको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा अशोक बानिया, हेरम्बराज कोइराला, भीमसेन राउत र निराजन खनाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

त्यसैगरी, महासचिवमा चितवनका भूपेन्द्र कर्माचार्य, उपमहासचिवमा राजु अधिकारी, सचिवमा रामशरण सिंखडा, कोषाध्यक्षमा झनकप्रसाद पौडेल र सहकोषाध्यक्षमा दिपक पाण्डे निविरोध निर्वाचित भएका छन् ।

नर्वाचित अध्यक्ष लोहनी भारतीय अवैध कुखुरा चल्ला तथा मासु तस्करी रोक्न विशेष रणनिति साथ अगाडि बढ्ने बताए । उनले देशको आर्थिक विकासको मेरुदण्डका रुपमा फैलिदै गएको व्यवसायको संरक्षण गर्न सबै किसानहरु एकजुट गराउने बताए ।

यसअघि भएको सभामा बोल्ने किसानहरुले व्यावसायिक रुपमा अब्बल बनेको कुखुरा पालन व्यवसायको संरक्षण गर्न राज्य चुकेको बताए । राज्यले दिने सहुलियत प्रभावकारी नहुदाँ कुखुरा व्यवसायमा धेरै विचौलीया प्रथा हावी भएको किसानहरुको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment