+
+

पाठेघर फुटेकी गर्भवती इन्द्रकुमारीको ज्यान बच्यो, बच्चा बचेन

रासस रासस
२०७३ पुष २६ गते ८:१७

pregnent२६ पुस, खोटाङ  । सुत्केरी ब्यथाका क्रममा पाठेघर फुटेकी खोटाङकी एक गर्भवती आमाको पेटबाट मृत बच्चा निकालिएको छ ।  चौबीस घन्टाभन्दा बढी समयसम्म सुत्केरी ब्यथा लागेकी दोर्पा चिउरीडाँडा–७ की इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो ।

पाठेघर फुटेर सिकिस्त बनेको अवस्थामा जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी भुजेलको एमडिजिपी डा नारायण बराल, मेडिकल अधिकृतद्वय शैलेन्द्र श्रेष्ठ र अशोक गिरीको टोलीले शल्यक्रिया गरेर मृत बच्चा निकालिएको महिलाका आफन्तले बताएका छन् । भुजेलले १६ महिनाकै जन्मान्तरमा तेस्रो बच्चा जन्माउन लागेको खुलेको छ ।

धामीझाँक्रीको भरमा बस्दा ढिला गरी अस्पतालमा ल्याइएकी भुजेलको शल्यक्रिया गर्न चारघन्टा समय लागेको उपचारमा संलग्न डा बरालले बताउनुभयो । डा बरालका अनुसार ब्यथाकै क्रममा सुत्केरी महिलाको पाठेघर फाटिसकेको पाइएको थियो ।

सुत्केरीको जीवन बचाउका लागि लिच्कीराम्चेका रमेश राई र नेपाली सेनाका एक जवानबाट आवश्यक रगत जुटाइएको थियो । मृत्युको मुखबाट बचाइएकी महिलालाई थप उपचारका लागि सोमबार हेलिकोप्टर चार्टर गरेर प्रसूतिगृह, थापाथली, काठमाडौँ पठाइएको छ ।  भुजेल दम्पतीका दुई छोरा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?