Comments Add Comment

युरोप पलायन भएपनि लोक दोहोरीबाट टाढिएका छैनन् यी कलाकारहरु

lok-kalakar-in-europe

बार्सिलोना । नेपालबाट युरोप आउने भनेको पैसा कमाउन नै हो भन्ने अधिकांश नेपालीको मान्यता हो । तर पैसा कमाउनु त छँदैछ आफ्नो रुचीको कामलाई पनि सँगसँगै अघि बढाउन पाइरहेका छन्, युरोपमा रहेका नेपाली लोक कलाकारहरुले

युरोपका विभिन्न देशहरुमा लाखाैं नेपालीहरु छरिएर बसेका छन्, यिनै नेपालीहरुको भिडमा केहि क्रियाशील कलाकारहरु पनि यहाँ भेटिन थालेका छन् जसले बेला बेलामा नेपाल गएर गीत रेकर्ड गर्छन, यो क्रम लोकदोहोरीमा अलि बाक्लो नै देखिन्छ ।

लोकदोहोरीका अग्रज राजेन्द्र लम्साल, गीतकार शिव सुबेदी, गायिकाहरु शकुन्तला थापा, सुमी घिमिरे सापकोटा, बिनिता लामिछाने, गायकहरु नबिन भट्टराई, जेवी ओली लगायतकाहरु युरोपमा रहेर पनि नेपाली लोकदोहोरीमा सक्रिय कलाकारको नाममा अटाउन सक्छन् ।

लामो समयदेखि इटालीमा बस्दै आएकी लोकदोहोरी गायिका शकुन्तला थापाले इटालीबाट नै नेपाली संगीतमा निरन्तर काम गरिरहेकी छन् । नेपाल जाँदा गीत रेकर्ड गरेर र्फकने गरेकी उनले गत वर्ष बदि्र पंगेनीसँग गाएको रातो पछ्यौरी बोलको गीत धेरैले रुचाएका थिए ।

त्यस्तै बार्सिलोनामा बस्दै आएकी अर्की गायिका सुमी घिमिरेले पनि गीत रेकर्डको साथै युरोपका कार्यक्रमहरुमा दिने सशक्त प्रस्तुतिले चर्चित छन् । ‘माछा पानीमा’ उनको पछिल्लो गीत हो ।

फिनल्याण्डमा बस्दै आएकी गायिका बिनिता लामिछाने गीत रेकर्डकै लागि अहिले नेपाल गएकी छ्न् । उनले लोक दोहोरी, आधुनिक, रोइला गरी तीनवटा गीत रेकर्ड गरेर युरोप फर्कँदैछन् । मिलन लामासँग गाएको जोर मादल घनन विनिताको पहिलो रेकर्डेड गीत हो ।

लोकदोहोरीमा क्रियाशील हुने कलाकारमध्ये १५ बर्षदेखि फिनल्याण्डमा रहेका नवीन भट्टराईको नाम पनि अगाडि आउँछ । एक महिना अगाडी नेपाल गएका भट्टराईले ‘तिम्रै झल्को दियो’ बोलको दोहोरी गीत देबी घर्तीसँग गाएर आएका छन् । जसको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ ।

गत बर्ष अध्ययनको सिलसिलामा पेरिसमा भित्रिएका गीतकार एबम् संगीतकार शिव सुबेदीले पनि गीत लेखिरहेका छ्न् । पेरिस आएपछि नै कम्तिमा पाँच वटा गीत रेकर्ड गराइसकेका उनले युरोपमा बस्ने गायक गायिकाको लागि गीत लेखिरहेका छन्, नबिन भट्टराई, बिनिता लामिछाने, जापानमा बस्ने अर्का गायक सूर्य खड्का लगायतलाई शब्द/संगीत सिर्जना गरेर विदेशबाट नेपाली संगीतमा लाग्न चाहनेहरुलाई सहज बनाउदै आएका छन् । नवीन भट्टराईको ‘तिम्रै झल्को दियो’ उनै शिवले लेखेको गीत हो ।

युरोपेली मुलुक पोर्चुगलमा अरु देश भन्दा बढी कलाकारहरु बस्दै आएका छन् । पूर्ण अर्याल, शम्भु शिलवाल, जेवी ओली लगायतले गीत रेकर्ड गरी संगीतलाई निरन्तरता दिन नसकेपनि युरोपमा हुने कार्यक्रममा उपस्थित भएर आफुलाई क्रियाशील राख्दै आएका छन् ।

यसै क्रममा युरोपमा बस्दै आएका लोकदोहोरीसँग सम्बन्धित कलाकारहरुले ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को युरोप शाखा गठन गरेका थिए । शाखाको अध्यक्षमा सुमी घिमिरे सापकोटा छन् ।

शिव सुवेदीको शब्द/संगीतमा नवीन भट्टरार्इको पछिल्लो गीत ‘तिम्रै झल्को दियो’  हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment