Comments Add Comment

तिलोत्तमा नगरको बजेट ३४ करोड ७ लाख

बसपार्क, पर्यटन र चक्रपथ निर्माणमा प्राथमिकता

tilottama-budget

२७ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ३४ करोड ७ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषदबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले आर्थिक वर्ष ०७४/७५ को लागि ३४ करोड ७ लाखको बजेट सार्वजनिक गरे । पौडेलले चालु खर्चतर्फ १४ करोड ७ लाखको केन्द्रीय अनुदान र २ करोड ७५ आन्तरिक आय गरी चालु खर्चतर्फ कुल १६ करोड ८२ लाख (सामाजिक सुरक्षा भत्तासहित)को बजेट सार्वजनिक गरेका हुन् ।

त्यस्तै पुँजीगत तर्फ केन्द्रीय अनुदान ९ करोड र आन्तरिक कोष तर्फ ८ करोड २५ लाख गरी कुल १७ करोड २५ लाखको पुँजीगत खर्च रहेको छ ।

बजेटमा बसपार्क, पर्यटन प्रवर्द्धन, चक्रपथ निर्माण, नमूना सडक, खेल मैदान, गि्रन पार्क, लक्षित वर्ग, सुशासन प्रवर्द्धन, गरिबि न्युनिकरण, स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने लगायतका योजना समावेश गरिएको छ ।

बजेट सार्वजनिक कार्यक्रममा बोल्दै रक्षामन्त्री बालकृष्ण खाँणले संबिधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको बताए ।

उनले रुपन्देहीका सांसदहरु यस क्षेत्रको बिकासमा एकमत भएजस्तै मुलुक निर्माणमा प्रमुख दलहरु एकमत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment