Comments Add Comment

खानी खोलाको ९९.४६ देखि २९८.३९ रुपैयाँसम्ममा पहिलो सेयर कारोबार

green-nepse-share-market

२७ पुस, काठमाडौं । खानी खोला जलविद्युत कम्पनीको सेयरमा लगानी गरेकाहरुले नेप्सेमा पहिलो कारोबार गर्न ९९.४६ देखि २ सय ९८.३९ रुपैयाँको मूल्य सीमामा पाएका छन् । गत साताको मंगलवार नेप्सेमा कम्पनीको ४६ लाख कित्ता सेयर सूचीकरण भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ६८ पैसा छ । कम्पनीले पाएको मूल्यको अधिकत्तममा सेयर कारोबार भएमा सूचीकरण लगत्तै तीन गुणासम्म फाइदा हुने देखिन्छ । कम्पनीले सर्वसाधारणमा ९ लाख ३१ हजार कित्ता सेयर जारी गरेको थियो । बजारमा सेयर सूचीकरण भएको सात दिनपछि कारोबार खुला हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment