Comments Add Comment

नेविसंघविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

pk-students

२७ पुस, काठमाडौं । पद्मकन्या क्याम्पस परिसरलाई नेविसंघले मदिरासहितको पिकनिक खाने थलो बनाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

गएराति क्याम्पस परिसरमा नेविसंघले ‘क्याम्प फायर’ गरेको थियो । सो कार्यक्रममा नेविसंघका पदाधिकारी समेतको उपस्थिति रहेको र क्याम्प फायरमा सहभागीहरुले मदिरा सेवन गर्दै होहल्ला गरेको विद्यार्थीहरुको दाबी छ ।

त्यसको विरोधमा अखिल क्रान्तिकारीले बुधबार क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेविसंघविरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी पद्मकन्या क्याम्पस इकाइ अध्यक्ष बसन्ता भण्डारी लगायतले शिक्षा आर्जन गर्ने पवित्र र शान्ति क्षेत्र क्याम्पसलाई मदिरा सेवन गर्ने थलो बनाएको भन्दै नेविसंघको आलोचना गरे ।

स्ववियु निर्वाचन नजिकिएसँगै पद्मकन्या क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच दिनहुँजसो तनाव हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment