Comments Add Comment

मनाङमा भबन निर्माण गर्न ‘गोरखा इको प्यानल’काे प्रयाेग

gorkha-eco-pannel२८ पुस, काठमाडौं । हिमाली जिल्लाहरुमा पनि घर तथा भबन निर्माणमा ‘गोरखा इको प्यानल’को प्रयोग हुन थालेको छ । काठमाडौं उपत्यकालगायत पहाडी र तराईका जिल्लाहरुमा प्रयोग भइसकेको पार्टेशन वालको ‘गोरखा इको प्यानल’ हिमाली जिल्लामा पनि प्रयोग हुन थालेको हो ।

पछिल्लो पटक पछिल्लो पटक हिमाली जिल्ला मनाङमा इको प्यालनको सुरुवात भएको हो । एग्रो मनाङ प्रालिले मनाङको पिसाङ गाविसस्थित भ्राताङमा निर्माणधिन कोल्ड स्टोर भबनका लागि प्यानलको प्रयोग भएको छ ।

मनाङमा उत्पादित स्याउ स्टोरेजका लागि बनाएको स्याउ प्रशोधन तथा कोल्ड स्टोरेज भबनमा प्यानलको प्रयोग भएको छ ।

एग्रो मनाङ प्रालिका प्रवन्ध निर्देशक युवराज गुरुङले स्थानीयस्तरमा पाइने काठ/ढुंगाको अभाब तथा ईटाहरु ओसार्न यातायातको समस्या भएकोले विकल्पको रुपमा इको प्यानलको प्रयोग गरेको बताएका छन् ।

छिटो निर्माण सम्पन्न गर्नु पर्ने भएकोले पनि प्यानलको प्रयोग गरेकोे उनले बताए । दक्ष जनशक्ति अभाब हुने ठाउँंमा छिटो निर्माण गर्नुपर्ने ठाउँमा इको प्यानलको प्रयोगबाट सजलो हुने गुरुङको भनाई छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पनि गोरखा इको प्यानलको प्रयोग गरिएको उनले बताए ।

प्यानलको प्रयोगले परम्परागत निर्माण सामग्रीभन्दा ढुवानीमा सहज भएकोले यसको प्रयोग क्रमश बढ्ने अनुमान गरिएको छ ।
प्यानल जडान गर्न सिमेन्ट, वालुवा र पानीको झन्झट हुँदैन ।

पिसाङसम्म निर्माण सामग्री लैजान लमजुङ सदरमुकाम बेशीसहरबाट करिब ७० किलोमिटर कच्ची सडकको प्रयोग गर्नु पर्छ । जहाँ मंसिरदेखि वैशाखसम्म हिउँं पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment