Comments Add Comment

डिभोर्सको प्रमुख कारण: १० जनाभन्दा धेरैसँग यौन सम्पर्क

sexतपाईंको दाम्पत्य जीवन कति समय टिक्दछ भन्ने कुरा तपाईंले बिहेअघि कतिजनासँग यौन सम्पर्क गर्नुभएको छ भन्ने कुरामा समेत निर्भर गर्दछ । हो, बिहेअघि तपाइँले राखेको यौन सम्बन्ध तपाइँको वैवाहिक जिवनको स्थिरता निर्धारण गर्ने प्रमुख कारक बन्दछ ।

पछिल्लोपटक गरिएको अध्ययनअनुसार बिहेअघिको शारीरिक सम्बन्धले वैवाहिक जीवन कहिलेसम्म टिक्दछ वा दम्पतीहरुबीच कहिले डिभोर्स हुन्छ भन्ने कुरा निर्धारण गर्दछ ।

ब्रोबो टेलिभिजनको रिपोर्टअनुसार प्राध्यापक निकोल्सन एच वालफिंगरले मानिसहरुको सेक्स लाइफ तथ विवाहका बारेमा अनुसन्धान गरेका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ उटाहका प्राध्यापक वालफिंगरका अनुसार जो मानिसहरुले बिहेअघि १० जना भन्दा धेरैसँग संसर्ग गरेका हुन्छन् उनीहरुको वैवाहिक सम्बन्ध टुट्ने वा डिभोर्स हुने सम्भावना सबैभन्दा धेरै हुन्छ ।

उनका अनुसार सन् २००० भन्दा पहिले जो महिलाहरुको बिहेअघि कम्तिमा दुई जनासँग शारीरिक सम्बन्ध हुन्थ्यो । उनीहरुमा डिभोर्सको दर सबैभन्दा बढी हुन्थ्यो । तर जो महिलाहरु बिहेसम्म कुमारी नै रहन्थे उनीहरुमा डिभोर्सको दर सबैभन्दा कम हुन्थ्यो ।

सर्भेको रिपोर्ट अनुसार डिभोर्समा सबैभन्दा ठूलो भूमिका धर्मको रहने गरेको छ । जो मानिस सबैभन्दा धेरै चर्च जान्छन् उनीहरुमा सम्बन्ध विच्छेद कम हुन्छ । अनि चर्च कम जाने महिलाहरुमा डिभोर्सको दर निकै बढि हुन्छ ।

अध्ययनका क्रममा ७३ प्रतिशत दम्पतिहरुले डिभोर्सको सबैभन्दा प्रमुख कारण प्रतिबद्धता पूरा नगर्नुलाई मानेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment