Comments Add Comment

एनआइबीएल प्रगती फण्डको इकाई बाँडफाट, लगानीकर्ताले पाए ५१ प्रतिशतसम्म

Mutual fund

२८ पुस, काठमाडौं । एनआईबीएल क्यापिटल मार्केट्सले सञ्चालनमा ल्याउन लागेको अर्को सामुहिक लगानी कोष योजना एनआइबीएल प्रगती फण्डको बाँडफाँट भएको छ ।

बुधबार भएको बाँडफाँटमा ५ हजार इकाई (५० हजार रुपैयाँ) सम्म आवेदन दिएकाले ५१ प्रतिशत र सोभन्दा माथीको लागि आवेदन दिएकाले १७।१२ प्रतिशतको दरमा समानुपातिक दरमा वितरण गरिएको हो ।

६० करोड रुपैयाँको यो कोषमा मागभन्दा बढि आवेदन परेपछि नियमअनुसार प्रवद्र्धक बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआइबीएल क्यापिटलले २५ प्रतिशत थप लगानी गरेका छन् । एनआइबीएलले माघ ३ गतेबाट नपरेको आवेदनको रकम फिर्ता र इकाई पुर्जा वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment