Comments Add Comment

बेहोस बनाउने औषधि खुवाएर अनिताको हत्या, समातिए अभियुक्त

२२ चैत, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन १० गते अनिता पौडेलको हत्या भएको थियो । त्यसलगत्तै प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

यो पनि पढ्नुहोस कपिलवस्तुको वाणगंगामा महिलाको हत्या

हत्याको अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई कपिलवस्तु प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको हो । उनलाई शुक्रबार बिहान साढे ८ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए । पक्राउ परेका व्यक्तिको नाम, थरसहितको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ ।

कपिलवस्तु प्रहरीले हत्याराको खोजी गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment