Comments Add Comment

नवलपरासीमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

२२ चैत, नवलपरासी । पूर्वी नवलपरासीमा गएराति सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।

मध्यविन्दु नगरपालिका–१० अरुणखोला र दुम्किबासबीचको जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको निधन भएको हाे ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार, ठक्करबाट देवचुली नगरपालिका सिर्जना चोक बस्ने २२ वर्षीय टिकाराम महतो घाइते भएका थिए । घाइते महतोको जिल्ला अस्पताल भरतपुरमा उपचारका लागि लगिएकोमा राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले पुष्टि गरे ।

सोही दुर्घटनामा स्कुटीको पछाडि सवार भरत गरै घाइते भएका छन् । प्रहरीका अनुसार, उनको अवस्था चिन्ताजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment