+
+

साना किसानको २५ प्रतिशत बोनस सेयर पारित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते १४:२६

untitled

२८ पुस, काठमाडौं । साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकको विहिबार काठमाडौंमा आयोजित १५ औं साधारण सभाले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साना किसान सहकारी संस्थाहरुलाई ऋण पुँजीको व्यवस्था गर्न २०५८ सालमा स्थापना गरिएको बैंकले गत आर्थिक वर्षमा मात्रै ४६ प्रतिशत खुद मुनाफा गरेको छ । बैंकले आफनो कूल पूँजी यो वर्ष ११ अरव ९३ करोड पुगेको पनि जानकारी दिएको छ । बैंक धादिङ, नुवाकोट र रसुवाका १३ हजार भूकम्प पीडित परिवारलाई ५० हजारको दरले ऋणको व्यवस्था समेत गरेको छ ।

बैंकमा ५ सय २० वटा साना किसान सहकारी संस्थाहरु आवद्ध रहेका छन । साना किसान विकास बैंकले दुधजन्य पशुपालन, माछा पालनलगायतका क्षेत्रमा सहुलियत दरमा ऋण पनि उपलब्ध गराउँदै आएको छ ।

बैंकले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि आवश्यक पर्ने बीउबीजन एवम् हरेकको भान्सामा साना किसानको उत्पादन पुर्याउने लक्ष्य पनि लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?