Comments Add Comment

क्यान्सर अस्पताल अगाडिबाट लागूऔषध कारोबारी पक्राउ

drugs

२८ पुस, चितवन । लागूऔषध बेचबिखन र कारोबारमा संलग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरुको साथबाट ८ सय २० एम्पुल लागूऔषध पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको बक्राङ गाविस ४ बस्ने वर्ष २१ को मौसम आलेमगर, नवलपरासीको बुलिङटार गाविस ६ घर भई हाल चितवनको भरतपुर बस्ने वर्ष २५ को केशर खण्डलुक मगर, चितवनको चित्रवन नगरपालिका ७ बस्ने वर्ष ३५ को राजेश कुमार रानाभाट र सोही स्थानका वर्ष २८ को चन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।

लागूऔषध सेबन तथा कारोबारीको खोजतलास गर्ने क्रममा भरतपुर उपमहानगरपालिका ७ स्थित क्यान्सर अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment