Comments Add Comment

बागमती डेभलपमेन्ट प्राप्ति गरेको सानिमा बैंकको एकिकृत कारोबार

sanima-1-1
२९ पुस, काठमाडौं । बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकको शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको छ । सर्लाही हरिवनमा आयोजित एक समारोहको प्राप्ति पछिको शुभारम्भ सानिमाका ब्राण्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचाय तथा सानिमा बैंकका संचालक समितिका सदस्य द्वय भरत कुमार पोखरोल र महेश घिमिरेले संयुक्त रुपमा गरे । अब बैंकको शाखा सञ्जालमा हरिवन तथा लालबन्दीमा पनि थपिएका छन् ।

बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण वित्तीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment