Comments Add Comment

कोहलपुर नगरपालिकालाई देशकै नमूना बनाउने घोषणा, बजेट झण्डै १२ करोड

२९ पुस, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षकालागि ११ करोड ५६ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट तर्जुमा गरेको छ । नगरपालिका कार्यालयले चौथो नगरपरिषदका अवसरमा आर्थिक वर्ष ०७४/७५ का लागि झण्डै १२ करोड बराबरको बजेट प्रस्ताव गरेको हो ।

kohalpur-nagarpalikaपरिषदले यस आर्थिक वर्षमा हरित नगरको घोषण गर्न सरोकारवाला निकायहरुसँग बृहत छलफल गरी नगरलाई सफा, सुन्दर, सम्बृद्व, सुरक्षित र सशक्त बनाउनका लागि विशेष योजनाका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

त्यस्तै नगरमा सडक दुर्घटना न्यूनिकरण गर्न तथा सहरको सौन्दयता बढाउन ट्राफिक प्रहरी, यातायात कार्यालय, यातायात व्यवसायी, यात्रुहरु लगायतको सहयोगमा ट्राफिक व्यवस्था गर्ने नीती तथा कार्यक्रम प्रस्तुत गर्दैै कार्यकारी अधिकृत माधव प्रसाद शर्माले यसै आर्थिक बर्षमा कृषि, शिक्षा, खानेपानी, खेलकुद, विद्युत लगायतका क्षेत्रको विकासका लागी योजनाबद्ध तरीकाले काम गर्ने बताए ।

उनले भौतिक संचरना निर्माण तथा भूकम्प प्रतिरोधक भवन निर्माण गर्ने, तिब्र रुपमा भइरहेको बस्ती विकास र नक्सांकन परेका सडकसँगसँगै ढल ढलको विस्तार कार्यलाई प्राथमिकता दिइने उल्लेख गरे । यसै आर्थिक वर्षमा नगरलाई साक्षर नगरको रुपमा घोषण गर्न सरोकारवालसँग समन्वय गरी आवश्यक पूर्वाधार तयार पारी अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले कोहलपुर नगरपालिकालाई नेपालकै नमूना र सुन्दर नगरपालिका बनाउनका लागि सधै दत्तचित्त भएर लाग्न सबैलाई अनुरोध गरे । उनले बजेटलाई सहि सदुपयोग गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा कोहलपुर नगरविकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेलले नगरपालिकाले कोहलपुर नगरविकास समिति भित्र कुनैपनि योजना नपारेको भन्दै दुःख व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग व्यापारसंघका अध्यक्ष नरेन्द्र शर्माले कोहलपुर नगरको विकासका लागि सबैले सकारात्मक सोचका साथ लाग्नुपर्ने बताए ।
संगिन शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment