Comments Add Comment

अन्यथा नेपालीले भारतमाथि विश्वास गर्दैनन्ः राजदूत उपाध्याय

deep-kumar

२९ पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालमा रहेका पुराना ५ सय र हजारका भारु सटहीबारे कुनै उपाय निकाल्न भारतलाई आग्रह गरे । नभए नेपालीको धर्यता टुट्ने उनको चेतावनी छ ।

नयाँदिल्लीस्थित फरेन करेसपोन्डेन्ट क्लबले गरेको कार्यक्रममा नेपाली राजदूत उपाध्ययले नेपाल राष्ट्र बैंकको टोली भारत भ्रमणमा रहेको र भारतीय रिजर्ब बैंकका साथ सम्वद्ध पक्षसँग सकारात्मक छलफल गरिरहेको बताए ।

नोट सटहीका लागि भारतमा दिइएको ३१ डिसेम्बरको डेटलाइन क्रस भएपछि अब के हुन्छ भन्दै नेपालबाट धेरै फोन आएको भन्दै उनले भने, मैले भारत सरकारलाई जे सकिन्छ, त्यो गरौं भनेको छु । अन्यथा मानिसहरुले नेपाल सरकार र ममाथि मात्र होइन, भारत सरकारमाथि नै विश्वास गर्ने छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment