+
+
Shares

डिभोर्सपछि जोनीले एम्बरलाई ७ मिलियन डलर दिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २ गते १७:१०

john-and-amber
बलिउडमा मात्र होइन, हलिउडमा पनि चर्चित कलाकारविच डिभोर्स हुने क्रम रोकिएको छैन । चर्चित अनुहारहरु अलग भैरहेका छन् । अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डेपविच डिभोर्स भएको छ । सन् २०१६ को मे महिनामा एम्बरले जोनीसँग डिभोर्सका लागि अदालतमा फाइल दर्ता गरेकी थिइन् ।

शुक्रबार अदालतले सुनवाई गर्दै दुइविच औपचारिक रुपमा डिभोर्स भएको फैसला सुनाएको छ । खबर अनुसार, जोनी डेपले एम्बरलाई ७ मिलियन डलर दिनुपर्नेछ । एम्बरले यो सबै पैसा विभिन्न च्यारेटीमा खर्च गर्ने बताएकी छिन् ।

एम्बर जोनीसँग लामो समयदेखि अलग हुन चाहेको उनका वकिलले बताएका छन् । जोनीको यसअगाडि पनि २ पत्नीसँग डिभोर्स भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?