Comments Add Comment

महाअभियोग समितिले लोकमानमाथि छानविन गर्ने, तीन सदस्यीय उपसमिति गठन

lokman-singh-karki-1

५ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीमाथि लागेको अभियोगबारे छानविन गर्न उपसमिति गठन गरेको छ ।

महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठसँगको परामर्शपछि समितिले तीन सदस्यीय उपसमिति गठन गरेको हो, जसमा कांग्रेस सांसद दीपक कुइँकेल, एमालेका रेवतीरमण भण्डारी र माओवादी सांसद रामनारायण विडारी छन् ।

समितिले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा लगाएको आरोपहरुको छानविन गर्नेछ । पदमा बहाल रहँदा ज जस्ता कसुर गरेको भन्ने आरोप महाअभियोग प्रस्ताव छ, त्यसबारे सत्यतथ्य पत्ता लगाई छानविन गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको छ, समिति सदस्य भण्डारीले बताए ।

उनका अनुसार कार्की सर्वोच्चको आदेशबाट पदमुक्त भइससककाले अब त्यो प्रक्रियामा गइराख्नु पदैन । तर, उनीमागि लागेको आरोपबारे उपसमितिले गरेको अध्ययनका आधारमा समितिले प्रतिवेदन तयार पारेर संसदमा पठाउनेछ ।

अध्ययनका क्रममा उपसमितिले कार्कीसँग सोधपुछ वा बयान दिने काम गर्दैन । तर, समितिले प्रक्रिया अघि बढाउनु पर्ने रायसहितको प्रतिवेदन दिएमा भने महाअभियोग सिफारिस समितिले कार्कीसँग बयान लिन पनि सक्नेछ ।

बैठकमा महान्यायाधिवक्ता श्रेष्ठले बहाल रहेकै अवस्थामा महाअभियोग दर्ता भएको र सर्वोच्चले पनि छानविनका लागि रोक नलगाएको राय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment