Comments Add Comment

वाणिज्य बैंकमा २ को चुक्ता पुँजी लक्ष्य पुरा, अन्यलाई अझै ८८ अर्ब आवश्यक

paid-up-of-commercial-banks

७ माघ, काठमाडौं । चालु आवको ६ महिना (पुससम्म) मा २ वाणिज्य बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउँन सफल भएका छन् । यसरी चुक्ता पुँजी ८ अर्ब पुर्याउँनेमा नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

अन्य १० वाणिज्य बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघि सकेको छ भने बाँकीको यस्तो पुँजी यो भन्दा कम रहेको छ । ८ अर्ब चुक्ता पुँजी पुर्याउँन बाँकी रहेका वाणिज्य बैंकलाई अझै ८८ अर्ब रुपैयाँ पुँजी आवश्यक पर्ने देखिएको छ ।

कसरी जुट्दैछ पुँजी ?     

अहिले धेरैजसो वाणिज्य बैंकहरुले बोनस, हकप्रद जारी गरेर, मर्जर तथा एक्विजिसन सबै बिकल्प प्रयोग गरेर पनि चुक्ता पुँजी वृद्धि गरिरहेका छन् । तर राष्ट्र बैंकले नै केही बैंकलाई चुक्ता पुँजी पुर्याउन समस्या पर्ने देखिएको बताउँदै आएको छ । मेगा, सिभिल, सेञ्चुरी, जनता र कुमारी बैंकलाई पुँजी वृद्धि गर्न समस्या पर्ने धारणाहरु सार्वजनिक भएका छन् ।

कुमारी, जनता र सेञ्चुरी कमर्सियल बैंकको चुक्ता पुँजी २ अर्बदेखि ३ अर्बभन्दा थोरै मात्र बढि छ । यस्तै चुक्ता पुँजी हुने एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल स्टेयाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंकको भने चुक्ता पुँजी पुर्याउनसक्ने धारणा राष्ट्र बैंकको रहेको यसैबाट पुष्टि हुन्छ ।

बैदेशिक संयुक्त लगानीका नेपाल बंगलादेश, नेपाल स्ट्याण्डर्ड, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले पुँजी पुर्याउँन एफपीओ जारी गर्नेदेखि हकप्रद सेयर दिने सम्मका योजना सार्वजनिक गरिसकेका छन् । हकप्रद र बोनस दुवै दिन लागेको नेपाल बंगलादेश बैंकले यससँगै ७ अर्बबढि चुक्ता पुँजी पुर्याउने भएको छ ।

कुनै हालतमा छुट हुँदैन

चुक्ता पुँजी पुर्याउँन नसक्ने बैंकहरुले कुनै पनि बाहनामा छुट नपाउँने राष्ट्र बैंकले फेरी पनि स्पष्ट पारेको छ । राष्ट्र बैंकले २०७४ असारभित्र सबै संस्थाले अनिवार्य चुक्ता पुँजी पुर्याउँनै पर्ने व्यवस्था गरेको छ भने चुक्ता पुँजी गणनामा त्यही बर्षको नाफाबाट दिन सकिने बोनस लाभांश पनि लिन पाउँने उल्लेख गरेको छ ।

‘हामीले कुनैपनि नाम किटान गरेका छैनौं तर ५ वटा वाणिज्य बैंकले पेश गरेको चुक्ता पुँजी वृद्धिको योजना अनुसार काम नभइरहेकाले समस्या हुन सक्ने भनेका हौं, छुट भने कुनै संस्थालाई हुँदैन्,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले भने । पौडेल अझै पनि केही महिना बाँकी रहेकाले त्यस्ता संस्थाले केही न केही योजना अगाडी बढाउँने सम्भावना रहेकोमा आशावादी देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment