Comments Add Comment

कञ्चरपुरको दक्षिणी क्षेत्र जोड्ने ६२ किलोमिटर सडक कालोपत्रे हुँदै

ramesh-lekhak-kanchanpur

७ माघ, कैलाली । बर्षाैंदेखि स्तरीय सडकको सपना देखेका कञ्चनपुरका दक्षिणी क्षेत्रका जनताको सपना अब चाँडै पूरा हुने भएको छ ।

कञ्चनपुरको दक्षिणपूर्वी क्षेत्र जोड्ने ६२ किलोमिटर हुलाकी सडक १ अर्ब १७ करोडको लगानीमा कालोपत्रे हुने भएको हो । सडकको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले शुक्रबार उद्घाटन गरेका छन् ।

कैलालीको मोहनापुल डोकेबजार, बेलौरी, वेलडाँडी, दैजी सडकखण्डको कालोपत्रेको काम शुरु भएको हो ।

मन्त्री लेखकले सडक, विकासको पहिलो पुर्वाधार भएको बताउँदै कञ्चनपुरका दक्षिणी भेगमा उत्पादन हुने कृषि बस्तुलेसमेत सहजै बजारसम्म पहुँच पुग्ने उनले बताए । उनले सडक निर्माणपछि उद्योग, कलकारखानाको सम्भावना रहने पनि बताए ।

कञ्चनपुरको दक्षिणी भेगलाई जोडने ६२ किलोमिटर सडकको कालोपत्रे ३ चरणमा गरी पूरा हुने हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । ३६ करोड ४७ लाख ९९ हजार बरबरको लागतमा २० किलोमिटर सडकको पहिलो चरणमा स्तरेन्नति हुनेछ । दोस्रो चरणमा थप २० किलोमीटर सडक ४१ करोड ४१ लाख ४९ हजारको लागतमा बन्न्ो छ भने बाँकी २२ किलोमिटर सडकखण्ड ३२ करोड ५७ लाखमा निर्माण हुने हुलाकी राजमार्ग आयोजनाका निर्देशक बलराम मिश्रले बताए ।

सडक कालोपत्रे भएपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका लागी विकासको ढोका खुल्ने स्थानीयको आशा छ । पुनर्वासका वासिन्दा हरिप्रसाद अधिकारीले यो सडक यहाँका वासिन्दाका लागि कोशेढुंगा हुने बताउँदै गाउँघरमा उत्पादित बस्तुहरु बजारसम्म पुर्‍याउन पनि सहज हुने बताए ।

त्यस्तै अर्का वाईसीविचवाका स्थानयि दीपक तिमिल्सेनाले सडकको स्तारोन्नतिले उद्योगधन्दा, कलकारखानाको राम्रो सम्भावना हुनुका साथै कैलाली र कञ्चनपुरको दूरीसमेत कम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment