Comments Add Comment

नेविसंघले भन्योः उमेर हद मान्न तयार छौं, तोकिएकै मितिमा स्ववियु निर्वाचन होस्

Nebisangh८ माघ, काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले स्ववियु उम्मेदवार हुन त्रिभुवन विश्व विद्यालयले तोकेको २८ वर्ष उमेर हद मान्न आफूहरु तयार रहेको बताएको छ ।

उम्मेदवार बन्न तोकेको उमेर हदप्रति नेविसंघ असन्तुष्ट भएको भन्ने हल्लामा कुनै सत्यता नभएको भन्दै नेविसंघले प्रेस विज्ञप्ति जारी गरेर आफूहरु उमेर हद मान्न तयार भएको र तोकिएकै समयमा स्ववियु निर्वाचन हुने पर्ने जनाएको हो ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेद्वारा जारी गरिएको विज्ञप्तिमा स्ववियु उम्मेदवारको हदबन्दीका विषयमा संगठन, पार्टी नेतृत्व र अदालतमा समेत छलफल भइसकेकोले विवाद नगरी समयमै निर्वाचन हुनु पर्ने उल्लेख छ ।
त्रिभुवन विश्व विद्यालय कार्यकारी सभा (सिनेट)ले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

हरेक दुई/दुई वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन विभिन्न विवादका कारण आठ वर्षेदेखि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment