Comments Add Comment

प्रिपेड मोबाइलमा माघ २२ बाट फोर-जी, सिआरबिटी पनि सुचारु हुने

4g-lte-ntc
८ माघ, काठमाडौं । नेपाल टेलिकमले माघको २२ गतेदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा अबको १५ दिनपछि टेलिकमले फोर-जी सेवा दिन लागेको हो ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

‘माघ २२गतेबाटै फोर-जी सेवा पिप्रेड मोबाइलमा पनि विस्तार गर्ने तयारीमा छौं’ टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले भने, ‘यसपछि हामी अन्य जिल्लामा यो सेवा विस्तार गर्न केन्द्रित हुनेछौं ।’ यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको उनले बताए ।

टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउनेछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।

आइफोन-सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर-जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो । अब माघ २२ बाटै यो पनि सुरु हुनेछ ।

सिआरबिटीका ग्राहक र गायक तथा सजर्कलाई परेको असुविधालाई ध्यानमा राखेर सेवा सुचारु गर्न लागिएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment