+
+

शाहरुखलाई हेर्दा भिडमा च्यापिएर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ११ गते ११:०२

shsrukh

यतिबेला किंग खान शाहरुख फिल्म ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैका लागि उनी मुम्बाईबाट दिल्लीतर्फ लागे । जब, शाहरुखको ट्रेन बडोदरा स्टेशनको प्लेटर्फम नम्बर -६ मा रोकियो, केवल १० मिनेट । यसैवीच त्यहाँ दुखद घटना घट्यो ।

सोमबार राती शाहरुख उक्त स्टेशनमा रोकिएका थिए । त्यहाँ उनलाई हेर्ने प्रशंसकको ठूलो भिड जम्मा भयो । त्यो अनियन्त्रित भिडमा च्यापिएर एक जनाले ज्यान नै गुमाए । दुई प्रहरी सहित चार जना बेहोस भए ।

घटना यसरी भएको थियो

६ मिनेटका लागि रेलवे स्टेशनमा रोकिएका शाहरुखको एक झलक हेर्न प्रशांसकको ओइरो लाग्यो । उनीहरुले ट्रेनको शिसा ढकढक्याउन थाले । त्यसपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज गर्नुपर्‍यो । त्यहाँबाट रेल अघि बढ्नै लाग्दा भिडमा भागदौड मच्चियो । यहि भागदौडमा एकजना प्रशंसकले ज्यान गुमाए ।

शाहरुख सोमबार साँझ ५ बजे फिल्म युनिटका साथ मुम्बाईबाट निस्किएका थिए । उनी क्रान्ति ट्रेनमा यात्रा गर्दै थिए । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?