Comments Add Comment

हरिहर सन्यास आश्रमलाई सापकोटाले दिए साढे ५१ लाख

jugapati-sapkota-chitwan११ माघ, देवघाट । चितवनको भरतपुर निवासी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १५१ रुपैयाँ रकम देवघाटस्थित हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन् ।

देवघाटको प्रसिद्ध हरिहर सन्यास आश्रममा एक कार्यक्रमका बीच सापकोटाले उक्त रकमको चेक सहयोग गरेका हुन् ।

उनले आफ्नै नाममा ट्रष्ट खोलेर सामाजिक क्षेत्रका लागि बाँडिरहेका छन् । विशेषगरी मठ मन्दिर, पौवा निर्माणमा उनले सहयोग गरेका छन् ।

जगुपतिले ५१ लाखको चेक हस्तान्तर गर्दै आफ्नो यो अन्तिम इच्छा र सहयोग नभएको भन्दै भोलिका दिनमा पनि गच्छेअनुसार सहयोग गर्ने बताए ।

९१ वर्षीय जगुपतिलाई देवघाटको झोलुंगे पुल तराएर कार्यक्रमस्थलसम्म पुर्‍याउन झण्डै आधा घण्टा लागेको थियो ।

जगुपतिका ६ भाई छोराहरु सबै आ-आफ्नो पेशा र व्यवसायका क्रममा विदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment