+
+
Shares

मुसहर बस्ती निर्माणमा रकम जुटाउन धुर्मुस-सुन्तली एडिलेडमा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १६:५९

dhurmus-suntali-at-australia

एडिलेड । महोत्तरीको मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउने क्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) बुधबार दक्षिण अष्ट्रेलियाको एडिलेड आइपुगेका छन् ।

एडिलेडको ब्राइटनस्थित टेष्ट अफ हिमालय रेष्टुरेन्टमा साँझ सात बजेदेखि १० बजेसम्म फन राइजिङ डिनर हुने भएको छ ।

dhurmus-suntaliकरिब डेढ सय जना सहभागी हुने उक्त रात्रीभोजसहितको सहयोग रकम अष्ट्रेलियन डलर ५० राखिएको छ ।

दक्षिण अष्ट्रेलियामा क्रियाशील सबै सामाजिक संघ संस्थाहरुको तर्फबाट व्यवस्थापनको जिम्मेवारी पाएका दीपक लामाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बिहीबारको उक्त डिनरबाट कम्तिमा पाँच लाख नेपाली रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

उक्त कार्यक्रममा कलाकार सिताराम कट्टेलले नेपालमा धुर्मुस- सुन्तली फाउण्डेसनले गरिरहेको बस्ती निर्माणका बारेमा जानकारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?