Comments Add Comment

प्रियंका र मेरो तुलना गर्नु ठीक होइनः दीपिका

priyanka-deepikaबलिउड सुन्दरीहरु दीपिका पादुकोण र प्रियंका चोपडाले एकैसाथ हलिउडमा यात्रा सुरु गरेका छन् । अहिले उनीहरुबीच तुलना गर्ने क्रम सुरु भएको छ ।

दीपिको हलिउड फिल्म एक्सएक्सएक्स प्रदर्शनमा आइसकेको छ भने प्रियंकाको बेवाच प्रदर्शनका लागि तयार छ । पि्रयंकाको फिल्म पनि आएपछि उनीहरुबीचको तुलनाले झन् सघन रुप लिनेछ ।

यसरी गरिएको तुलना दीपिकालाई भने मन परिरहेको छैन । आफूहरुको बाटो अलग-अलग रहेको भन्दै उनले तुलना गर्नु उपयुक्त नहुने बताइन् । अमेरिकामा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

यसअघि प्रियंकाले करण जोहरको शोमा दीपकाको हलिउड फिल्मप्रति आफ्नो पनि चासो रहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘दीपिकाले टि्रपल एक्समा काम गर्दैछिन्, म यो फिल्म हेर्न उत्सुक छु । भविष्यमा उनी वा सोनम कपुर वा अरु कै बलिउड कलाकार अमेरिका जान चाहन्छन् भने उनीहरुले पनि राम्रो गरुन् भन्ने म चाहन्छु ।’

यसअघि बलिउडमा निर्मित बाजिराव मस्तानी फिल्ममा पि्रयंका र दीपिकाले एक साथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment