Comments Add Comment

सिद्धार्थ बैंकको दमौली शाखा स्थानान्तरण

२५ चैत, काठमाडाैं । सिद्धार्थ बैंकले आइतबारदेखि दमौली शाखाको औपचारिक स्थानान्तरण गरेको छ ।

बैंकको दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठबाट संयुक्त रूपमा भएको थियो । बैंकले सो शाखा दमौली व्यास नगरपालिका–२ सफा सडकबाट हालै वडा नं ३ मा स्थानान्तरण गरेको हो ।

ग्राहकवर्ग र सरोकारवालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथ साथै विभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको छ ।

यसैगरी बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment