
२५ चैत, काठमाडाैं । युरोपेली प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको रिद्धि सिद्धि सिमेन्ट बजारमा आएको छ ।
शङ्कर र अम्बे ग्रुपको संयुक्त लगानीमा सो सिमेन्ट बजारमा आएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गरि औपचारिक घोषणा गरिएको छ ।
सिमेन्ट विश्वकै सर्वोत्कृष्ट युरोपेली प्रविधिबाट उत्पादन हुने रिद्धिसिद्धि सिमेन्ट प्रालिका निर्देशक आनन्द नेपालले जानकारी दिए ।
‘देशमा सर्वोत्कृष्ट प्रविधियुक्त उत्पादन प्लान्टमार्फत उच्चस्तरको सिमेन्ट उत्पादन गर्दै नेपाली बजारमा सिमेन्ट गुणस्तरको नयाँ मापदण्ड खडा गर्ने हाम्रो लक्ष्य छ’, उनले भने ।
सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ । साथै प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (मि.आर.एम), सेन्ट्रल कन्ट्रोल रूम टेक्नोलोजि नेपालमा पहिलो पटक प्रयोग गरिएको रोवो ल्याब सिस्टम र लेजर सि प्याकेजिङ लगाएत विभिन्न प्रविधिहरूको प्रयोग गरिएकाले गुणस्तरमा एकरूपता कायम गराउने विश्वास कम्पनीले लिएको छ ।
यस सिमेन्ट प्रालिको स्थापना २०७३ सालमा भएको हो । कम्पनीले हेटौंडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पुर्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4