Comments Add Comment

माओवादी दाङले गर्‍यो स्थानीय तहअनुसार जिम्मेवारी बाँडफाँट

३ माघ, घोराही । नेकपा माओवादी केन्द्र दाङले स्थानीय तह पुनसर्ंरचना आयोगले सिफारिस गरेबमोजिमको स्थानीय तहअनुसार पार्टी संरचना बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको घोराहीमा सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले स्थानीय तहअनुसार पार्टी संरचना बनाउने निर्णय गर्दै कार्यक्षेत्रसमेत विभाजन गरेको छ ।

Maoist-Center Flagजसअनुसार घोराही उपमहानगरपालिकाको इन्चार्जमा नारायणी शर्मा ‘प्रतीक्षा’ र संयोजकमा भीमकुमारी बाँठा ‘निशाना’लाई तोकिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा रामजी चौधरी ‘मिलन’लाई इन्चार्ज र रामबहादुर दहित ‘अञ्जान’लाई संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, लमही नगरपालिकाको इन्चार्जमा पूर्वसांसद इन्द्रजीत थारु ‘ब्राइन’, संयोजकमा अमर कँवर ‘नवीन’ र सहसंयोजकमा बसन्त शर्मा ‘बिक्रान्त’लाई तोकिएको छ ।

त्यस्तै, गढवा गाउँपालिकाको इन्चार्जमा लुमाकान्त न्यौपाने ‘सागर’, सहइन्चार्ज यमनारायण पोख्रेल ‘विश्वास’ र संयोजकमा भक्तु चौधरी रहेका छन् ।

राजपुर गाउँपालिकाको इन्चार्जमा इन्द्रजीत थारु र संयोजकमा श्यामबहादुर झाँक्री छन् ।

त्यस्तै, राप्ती गाउँपालिकाको इन्चार्जमा लुमबहादुर कार्की ‘बद्री’ र संयोजकमा रणबहादुर पूजाली ‘राजेन्द्र’ रहेका छन् । ।

बंगलाचुली गाउँपालिकाको इन्चार्जमा सुवास पुन, सहइन्चार्जमा सन्तोष बुढा र संयोजकमा प्रमोद मगर रहेको नेकपा माओवादी केन्द्र दाङले जनाएको छ ।

त्यस्तै, दंगीशरण गाउँपालिकाको इन्चार्जमा हिरालाल चौधरी ‘बज्र’, सहइन्चार्जमा मनिराम चौधरी ‘जेहेन्दार’ र संयोजकमा भीमबहादुर ओली ‘महेश’ छन् ।

शान्तिनगर गाउँपालिकाको इन्चार्जको जिम्मेवारी नेबबहादुर ओली ‘स्टार’लाई र संयोजकको जिम्मेवारी खड्कबहादुर सुनारलाई दिइएको छ ।

बबई गाउँपालिकाको इन्चार्जमा भीमबहादुर ओली ‘ड्राइभर’ र संयोजकमा सुशील क्षेत्रीलाई तोकिएको छ ।

बैठकले आगामी फागुन ५ गतेसम्म सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाहरुमा पार्टीका सम्मेलन सम्पन्न गर्ने र फागुन १० गते जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको जिल्ला इन्चार्ज जीबन गौतमले जानकारी दिए । गौतमले जिल्ला सम्मेलन उदघाटनका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड दाङ आउने बताए ।

अखिल क्रान्तिकारीको स्ववियु निर्वाचन परिचालन समिति गठन

यसैबी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले आगामी स्ववियुलाई मध्येनजर गरी स्ववियू निर्वाचन परिचालन समिति गठन गरेको छ । बिहीबार दाङमा बसेको क्रान्तिकारीको बैठकले संगठनका प्रदेश नम्बर ५ का सहसंयोजक प्रवीण शर्माको संयोजकत्वमा ७ सदस्यीय स्ववियु निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा मिनराज ओली, गोपाल घर्ती, सन्तोष पोख्रेल, विष्णु चौधरी, शक्तिसिंह जिसी र दुर्गा विक ररेका छन् ।

यसैगरी क्रान्तिकारीले स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा सम्पर्क कार्यालय खोल्ने र स्ववियुमा अखिल क्रान्तिकारीलाई विजय गराउन संगठनात्मक आवश्यक तयारी तीव्रताका साथ गर्ने निर्णय गरेको संगठनका जिल्ला संयोजक सन्तोष पोख्रेलले जानकारी दिए ।

बैठकले भोलि शुक्रबारदेखि हुने भनिएको संगठनको जिल्ला सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment