Comments Add Comment

प्रधानमन्त्री बोलिरहँदा विद्युत आपूर्ति बन्द, यस्तो रहेछ कारण

Prachanda

१३ माघ, पर्वत । पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलिरहँदा बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् आपूर्ति बन्द भयो ।

संयोग पनि कस्तो भने विद्युत् आपूर्ति बन्द हुनु अघि उनी देशलार्इ लोडसेडिङमुक्त बनाउने भनिरहेका थिए । बिद्युत काटिएपछि प्रधानमन्त्री केही समय उभिइरहे।

निकैबेरसम्म पनि विद्युत सुचारू नभएपछि प्रधानमन्त्री प्रचण्ड फर्किएर सिटमा बसे । जेनेरेटरबाट विद्युत आपूर्ति गरेएपछि प्रधानमन्त्री प्रचण्डले फेरि भाषण गरे ।

यो घटनाप्रति नेपाल विद्युत प्राधिकरणले माफी मागेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार दिउँसो ३:२८ मा मध्य ग्रिड सिस्टम कोल्याप्ट भएको थियो ।

जसका कारण पर्वतमा विद्युत् आपूर्ति बन्द भएको हो । प्रवक्ता अधिकारीले भनेका छन्, यसप्रति हामी क्षमा चाहन्छौं र सिस्टम रिइस्टोर गर्न हाम्रो टिमले काम गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment