Comments Add Comment

प्याकेजमा सहमति खोजौं: गच्छदार

bijaya-kumar-gachhadar

१४ माघ, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुवीच प्याकेजमै सहमति खोज्नु पर्ने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले संविधान संशोधन लगायतका विषयमा प्याकेजमा नै समाधान खोजिनु पर्ने बताए ।

उनले संविधान कार्यान्वनका लागि तीनै तहको निर्वाचन गरिनु पर्ने परिस्थितिलाई ध्यानमा राखेर दलहरु सहमतिका साथ अघि वढ्नु पर्ने वताए ।

संविधान संशोधनमा सहमति नभएको खण्डमा चुनावमा जान अप्ठ्यारो रहेकाले पनि प्याकेटमा सहमति गर्न आवश्य रहेको उनको भनाइ थियो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले प्रचण्ड नेतृत्वको सरकारको काम कारवाहीले महत्वपूर्ण उपलव्धी हासिल गर्न नसकेको बताए । उनले अघि भने, प्रचण्ड सरकारको कामलाई मुल्यांकन गर्दा सफल प्रधानमन्त्रीका रुपमा लिन सकिने अवस्था देखिँदैन ।’

संविधान संशोधन र तीनै तहको निर्वाचन गराए मात्र प्रचण्ड सरकार सफल भएको मान्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment