Comments Add Comment

एक वर्ष नबित्दै शिखरको दोस्रो एफपीओ, पाउला धितोपत्र बोर्डबाट अनुमति ?

sebon
१४ माघ, काठमाडौं । एक वर्ष नबित्दै शिखर इन्स्योरेन्सले पुनः नयाँ सेयर (एफपीओ) प्रस्ताव गरेको छ । नेप्सेमा कम्पनीले दिएको सुचना अनुसार कम्पनीले सर्वसाधारण सेयर धनीको स्वामित्व ४० प्रतिशत पुर्याउँन एफपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सयमा १५२० रुपैयाँ प्रिमियम थपेर एफपिओ जारी गर्ने उल्लेख गरेको छ ।

कम्पनीले कुल १३ लाख ६२ हजार ७ सय ८१ कित्ता सेयर जारी गर्ने उल्लेख गरेको छ । कम्पनीको साधारण सभाले पारित गरेको भनिएको यो प्रस्ताव कम्पनी रजिष्ट्रारको कार्यालय र धितो पत्र बोर्डमा अनुमतिको लागि पेश गर्ने उल्लेख गरेको छ । तर यसअघि नै धितोपत्र बोर्डले पटक पटक एफपीओ जारी गरेर लाभांश वितरण गरिरहने रणनीति कम्पनीहरुको हुन सक्ने भन्दै औचित्य खोजिने बताएको थियो ।

कम्पनीले गत वर्षको माघमा ५ लाख १० हजार ९ सय ८८ कित्ता ६ सय ५० रुपैयाँको दरमा एफपीओ जारी गरेको थियो ।

एउटै संस्थाले सर्वसाधारणमा एफपीओ गरेर पटक पटक पैसा उठाउन नपाउँने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment