+
+

मन्त्री विक्रम पाण्डेलाई पितृशोक

रासस रासस
२०७३ माघ १६ गते १४:३१

१६ माघ, काठमाडौं । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उनको परिवारले जनाएको छ ।

कालिका कन्स्ट्रक्सन प्रालिका संस्थापकसमेत रहेका पाण्डे समाजसेवाका क्षेत्रमा पनि सक्रिय थिए । स्व. पाण्डेको चार छोरा छन् ।

स्व. पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत बूढानीलकण्ठ पुगेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका नेता जनक पाठकले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?