सैफ अली खानकी सारा अली खान आफ्नो लुक्सका कारण सँधै चर्चामा रहन्छिन् । पछिल्लो समय उनको नयाँ तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा उनी अभिनेता रणबीर सिंहका साथ देखिएकी छिन् ।
तस्विरमा यो जोडी निकै जमेको छ । दाह्री पालेका रणवीरसँग टाँस्सिएकी साराले ग्ल्यामरस मुस्कान छोडेकी छिन् । हैदरावादमा एक मित्रको वैवाहिक समारोधमा यी दुई सामेल भएका थिए । त्यही अवसरमा खिचिएको यो तस्बिर साराको फ्यान क्लवले सेयर गरेको हो । तस्बिरमा दुवैले परम्परागत भारतीय पोशाक लगाएका छन् ।
केही समयअघि अफवाह चलेको थियो कि जोया अख्तरको फिल्म गुल्ली ब्वाइजमा सारा र रणवीरको जोडी फाइनल भएको छ । यद्यपि पछिल्ला दिनमा फिल्मबाट सारालाई हटाएर आलिया भट्टलाई छानिएको समाचार आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4